दुर्घटनामा एकको मृत्यु ,नौ घाइते

धादिङ/ग्रामीण सडकमा पर्ने धादिङ जिल्लाको पिडा गाविसको वडा नम्बर ३ खहरेखोलामा तरकारी बोकेर बजार तर्फ आउंदै गरेको ब टाटा मोवाइल पल्टिंदा एक जनाको ज्यान गएको छ । सोमवार दिउंसो ११ वजे तिर भएको सो दुर्घटनामा परि नौ जना घाइते भएका छन । पिडा गाविसको मुलखर्कबाट पृथ्वीराजमार्गको आदमघाट आउंदै गरेको बा ८ च १८३० नम्बरको टाटा मोवाइल अनियन्त्रित भई सडकछेउमा पल्टिंदा मोटरधनी पिडा गाविस ५ का २८ बर्षिय बिष्णु घिमिरेको ज्यान गएको हो । दुर्घटनामा परि नौ जना घाइते भएका छन । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको छ । ग्रामीण सडक भएका कारण मोटर अनियन्त्रित भई उक्त दुर्घटना भएको वताईएको छ ।
दुर्घटनामा परि अमर आले मगर,केशर भण्डारी,सविता भण्डारी, हिरावहादुर भण्डारी,दिपा भुजेल,अमित भण्डारी,जनक बडुवाल,हरि पण्डित,कपिल पण्डित रहेका छन ।

By Netrawati

जनआन्दोलनका घाइतेलाई सम्मान

धादिङ/ गणतन्त्र दिवसको अवसर पारेर धादिङ जिल्लाका नागरिक समाजका प्रतिनिधीहरुले जनआन्दोलनका घाइते धादिङ भुमेस्थानका शिव विडारीलाई सम्मान गरेका छन ।
जनआन्दोलन २०६२÷६३ का वेला चैत २८ गते काठमाण्डौको कलंकीमा सुरक्षाफौजको गोलीवाट घाइते भएका धादिङ जिल्लाको भुमेस्थान गाविसका शिव विडारीलाई महादेववेसीमा एक कायैक्रमको आयोजना गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो ।सोमवार महादेबबेसीमा गैर सरकारी सस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बिडारीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

By Netrawati

आग्राखोलाका मजदुरलाई खाद्यान्न सहयोग

धादिङ,/ दिनभर गिटी कुटेर पनि बिहान बेलुकाको छाक टार्न नसकेपछि भोक भोकै बस्न वाध्य भएका आग्राखोलाका १९ मजदुर परिवारलाई धादिङ जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुले खाद्यान्न सहयोग गरेका छन ।
सोमवार आग्राखोला दोभानमा आयोजित एक कार्यक्रममा मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । खाद्य अधिकार जिल्ला सञ्जाल धादिङको पहलमा जिल्लाका एक दर्नन भन्दा बढि सामाजिक संस्थाहरुले सामुहि रुपमा संकलन गरेको ३० हजार रुपैया वाट आग्रा खोलाका अति विपन्न १९ परिवारलाई प्रति परिवार ३० केजी चामल, २ केजी दाल १ लिटर तेलका दरले सहयोग गरेका हुन । मजदुरपरिवारलाई खाद्यान्न बितरण कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, स्थानीय विकास अधिकारी इन्दु घिमिरे का साथै जिल्लाका विभिन्न क्षेत्रमा कृयाशिल सामाजिक कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
पृथ्वीराजमार्गको महादेववेसी वजारवाट शुरु हुने आग्रा खोलाको मजदुर वसोवास क्षेत्रमा अहिले पनि २ सय ५० भन्दा बढी परिवार प्लाष्टिकको छानामुनि नाम मात्रैको घरमा बस्दै आएका छन् । आग्रा खोलामा मजदुरी गर्न आउनेहरु मध्ये धादिङ जिल्ला वाहिरका धेरै छन ।
०५० सालमा गएको बाढीपहिरोमा परेर भएको जायजेथा नष्ट भएर ,शशस्त्र युद्ध शुरु भएपछि गाउंमा बस्न सक्ने अवस्थाको सिजनैला भएर तथा अन्य कारणले गर्दा उदयपुर,खोटाङ,सिन्धुली,ओखलढुङगा,भोजपुर,संखुवासभा,सर्लाही,रामेछाप लगायत देशका ३३ जिल्लाका गरिव तथा विपन्न परिवारहरु धादिङ जिल्लाको थांक्रे,तसर्पु र भुमेस्थान गाविसको सिमाना भएर बग्ने आग्रा र नजिकैको महेशखोलामा रोजिरोटीका लागि कठिन संघर्ष गरिरहेका छन । दश वर्ष अघि ४ हजार भन्दा धेरै मजदुरको आश्रय स्थल बनेको आग्रा खोलामा अहिले सिमित मजदुरमात्र बांकी रहेका छन । गरिबीका कारण घर परिवारमा बढ्दै गएको आर्थिक समस्या र बैदेशिक रोजगारीमा जान नसक्नेहरुका लागि मजदुरी गर्ने बैकल्पिक क्षेत्र बनेको धादिङ जिल्लाको आग्राखोला, बेल्खुखोला र मलेखुखोलामा आइपुगेका मजदुरहरुको रोजिरोटी खोसीन थालेको छ ।

By Netrawati

संविधान जारी नगरी संविधानसभा भङ्ग

धादिङ प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनर्संरचनाको बारेमा सहमति हुन नसकेपछि संविधाननै जारी नगरी संविधानसभाको कार्यकाल समाप्त भएको छ । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाबीच भएका छलफलहरु उपलब्धिविहिन भएपछि गएरातिदेखि संविधानसभा र संसद स्वत विघटन भएको छ । सहमतिका लागि दलहरुले अन्तिम प्रयास गरे पनि राज्यको संख्या, नाम र सीमाको बारेमा सहमति हुन सकेन । हिजो दिउँसो सम्ममा संविधान जारी गर्ने सम्भावना बढेको बताइरहेका दलहरुले राती संविधानसभा र संसद जोगाउन नसकेकोभन्दै बैठकबाट बाहिरिएका थिए । पटकपटक गरी थपिएको ४ पटकको संविधानसभाको म्याद दलहरुको विवादैविवादकाबीच खेर गएको छ । संविधानसभाले विभिन्न ११ वटा विषयगत समितिहरू गठन गरी संविधान लेखनको प्रारम्भिक काम सम्पन्न भएको थियो भने राज्यको पुनःसंरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता, न्यायपालिकालगायतका विषयमा दलहरूबीच विवाद थियो । नेपालकै इतिहासमा पहिलोपटक जननिर्वाचित संविधानसभाको अवधि मुलुकमा नयाँ संविधान घोषणा नगरी राति १२ बजेबाट समाप्त भएको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच २०६१ साल मङ्सिर ७ गते भएको १२ बुँदे सहमतिमा संविधानसभाद्धारा जनताको संविधान निर्माण गर्ने उल्लेख गरिएको थियो । जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नेपालमा २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो । सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको औपचारिक अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको विधिवत् घोषणा गरेको थियो ।

By Netrawati

आगामी मङ्सिर ७ गते संविधानसभाको नयाँ निर्वाचन

धादिङ /राजनीतिक दलहरूको बीचमा सहमति हुन नसकेपछि सरकारले आगामी मङ्सिर ७ गते को लागि संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गएराति बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न कारण संविधान जारी गर्न नसकेको भन्दै सर्वोच्च अदालतको आदेशबमोजिम संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।       सरकारमा सहभागी केही मन्त्रीले भने बैठक बहिस्कार गरेका थिए ।  मन्त्रिपरिषद्बाट संविधानसभाको निर्वाचन मङ्सिर ७ मा गर्ने निर्णय गराएलगत्तै  प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति डा रामबरण यादवलाई मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनु भएको थियो । प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटे लगत्तै नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी जन अधिकार फोरम नेपालका शीर्ष नेताहरुले पनि राष्ट्रपतिलाई भेटी प्रधामन्त्री एकलौटी रुपमा अघि बढेकोभन्दै संविधानसभाको नयाँ निर्वाचनको पक्षमा आफूहरु नरेकोभन्दै प्रधानमन्त्रीको कदम गलत भएको बताएका थिए । सरकारले संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी नेकपा एमाले लगायतका राजनीतिक दलका मन्त्रीहरुले भने प्रधानमन्त्रीले मनोमानी ढङ्गबाट निर्णय गराउन खोजेकोभन्दै मन्त्रिपरिषद्को रातिको बैठक बहिस्कार गरेका थिए ।

By Netrawati

आगामी मङ्सिर ७ गते संविधानसभाको नयाँ निर्वाचन

धादिङ /राजनीतिक दलहरूको बीचमा सहमति हुन नसकेपछि सरकारले आगामी मङ्सिर ७ गते को लागि संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गएराति बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न कारण संविधान जारी गर्न नसकेको भन्दै सर्वोच्च अदालतको आदेशबमोजिम संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।       सरकारमा सहभागी केही मन्त्रीले भने बैठक बहिस्कार गरेका थिए ।  मन्त्रिपरिषद्बाट संविधानसभाको निर्वाचन मङ्सिर ७ मा गर्ने निर्णय गराएलगत्तै  प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति डा रामबरण यादवलाई मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनु भएको थियो । प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटे लगत्तै नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी जन अधिकार फोरम नेपालका शीर्ष नेताहरुले पनि राष्ट्रपतिलाई भेटी प्रधामन्त्री एकलौटी रुपमा अघि बढेकोभन्दै संविधानसभाको नयाँ निर्वाचनको पक्षमा आफूहरु नरेकोभन्दै प्रधानमन्त्रीको कदम गलत भएको बताएका थिए । सरकारले संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी नेकपा एमाले लगायतका राजनीतिक दलका मन्त्रीहरुले भने प्रधानमन्त्रीले मनोमानी ढङ्गबाट निर्णय गराउन खोजेकोभन्दै मन्त्रिपरिषद्को रातिको बैठक बहिस्कार गरेका थिए ।

By Netrawati

काङ्ग्रेस र एमाले भावी रणनीति बनाउँदै

धादिङ /सरकारका तर्फबाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले अबको रणनीतिको बारेमा छलफल गर्दैछन् । एकीकृत नेकपा माओवादीले दलहरुलाई सहमतिमा नलिई सरकारका तर्फबाट निर्वाचनको घोषणा गरेपछि आफ्नो भावी रणनीति तय गर्न दुईदल आज छलफलमा जुट्ने भएका छन् । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले नेताहरुबीच अनौपचारीक छलफल भइरहेको र आजै स्थायी समितिको बैठक पनि बस्ने जानकारी दिनुभयो । अहिले नै कुन तहको रणनीति बनाउने भन्ने विषयमा टुङगो लागेको छैन अब स्थायी समिति, केन्द्ीय समितिका बैठक गरेर एउटा निस्कर्षमा पुग्छौ ज्ञवालीले भन्नुभयो । उहाँले निर्वाचनको विपक्षमा रहेका अरु दलहरुसँग पनि एमालेले छलफल चलाउने बताउनुभयो । नेपाली काङ्ग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । उच्चतहका नेताहरुबीच अहिले बिहान सभापति शुसील कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफलको तयारी भइरहेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले अब सरकारको कदम विरुद्ध रणनीति तय गर्ने र त्यसका लागि छलफल भइरहेको बताउनुभयो । अरु सानदलहरुले पनि आज विगतको समीक्षाका लागि भन्दै आफ्ना आफ्ना दलका बैठक बोलाएका छन् ।

By Netrawati

पानीमाग्दै १ लाख पिपलको पात खोलामा

धादिङ ÷ पानी नपरेर खेतवारीमा लगाएको खेतीवाली सुक्दै जान थालेपछि र नयां बाली लगाउन नपाएर हैरान भएका धादिङ जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानहरुले खोलामा १ लाख ८ हजार पिपलकोपात वगाएर पानीको लागि महादेव भगवानसंग पुकारा गरेका छन ।
धादिङ जिल्लाको साङकोष,मुरलीभञ्ज्याङ,नीलकण्ठ,सुनौलावजार लगायतका गाविसका किसानहरु आज ( शुक्रवार ) धादिङबेसी पुछारवजारका आंँसी र थोपलखोला दोभानमा जम्मा भई १ लाख ८ हजार पिपलकोपात संकलन गरि पुजापाठ गर्दै खोलामा बगाएका हुन । हरेक पातमा ॐ कार लेख्दै १ लाख ८ हजार पिपलकोपात खोला या नदीमा बगाउंदा महादेव खुसी भएर पानी पारिदिने जनविश्वास रहेको बुढापाकाहरुको भनाई छ । धादिङबेसी पुछारवजारमा जम्मा भएका किसानहरुले भगवानको जयजयकार ‘‘गर्दै हरहर मादेव पानी देउ देउ’’भन्ने नारा लगाउंदै जलधारा समेत गरेका थिए ।
यो बर्ष समयमै पानी नपरेपछि धादिङ जिल्लाको अधिकांश गाउंवस्तिमा खेतीवाली सुकेर नष्ट हुन थालेको छ । पानी नपरेका कारण अझैपनि जिल्लाका धेरै गाउं वस्तिमा मकै छर्न नपाईएको किसानहरुले बताएका छन । पानी नपरेर खेतीवाली विग्रन थालेपछि भगवानलाई पुकारा गर्दा पानी पर्ने जनविश्वास रहेको भन्दै हरेक बर्ष खडेरी परेको बेला जलधारा मनाएर एकआपसमा पानी छ्यापाछ्याप गर्ने, पुजापाठ गर्ने, १ लाख ८ हजार पिपलकोपातमा ॐ कार लेखेर खोला या नदीमा बगाउने प्रचलन रहेको बुढापाकाहरुले बताए । संयोग नै मान्नु पर्छ शनिवार राती केहि हल्का बर्षा समेत भएको थियो ।

By Netrawati

स्वास्थ्य व्यवस्थापन तालिम

धादिङ /ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुको सृदृढिकरण गर्ने उद्देश्यले धादिङको ज्यामरुङमा सञ्चालित तीन दिने तालिम शनिवार सम्पन्न भएको छ । जिल्लाको ज्यामरुङ उपस्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य संस्था व्यवस्थापन सुदृढिकरण तालिममा स्वास्थ्य चौकिमा कार्यरत, र व्यवस्थापन समितिमा रहेका समेत गरी १८ जना सदस्यको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङ र युनाईटेड मिसन टु नेपाल धादिङ
क्लष्टरको संयुक्त आयोजनमा सञ्चालित तालिममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक कृष्णबहादुर पौडेल र ज्ञानबहादुर दाहाल एवं युनाईटेड मिसन टु नेपालका शुष्मा राजबंशी र कल्पना भट्टराईले स्वास्थ्य व्यवस्थापन सुदृढ गर्ने विभिन्न विषयका बारेमा अवगत गराएका थिए । युनाईटेड मिसन टु नेपाललले जिल्लाका ज्यामरुङ, सल्यानकोट, गुम्दी,
झार्लाङ, सत्यदेवी, मार्पाक समेत गरी ६ वटा गाविसमा स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैविच सो संस्थाले ती ६ गाविसमा स्वास्थ्य व्यवस्थापन कार्यक्रमको लागि प्रत्येक गाविसमा अक्सिजन सिलिण्डर सहित १ लाख बराबरको सामग्री उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर पौडेलले बताए ।
यसैविच ज्याम्रुङ उप स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लम्सालको अध्यक्षतामा भएको तालिम समापन समारोहमा उपस्वास्थ्य चौकिका प्रमुख रामविनय साहले ज्यामरुङको स्वास्थ्य संस्थालाई अझै गुणस्तरीय बनाउने बताएका थिए । व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लम्सालले देउसी भैलो तथा घरदैलो कार्यक्रमबाट संकलन भएको ४ लाख रुपैंयाले उपस्वास्थ्य चौकिको नाममा ३ रोपनी ६ आना जग्गा खरिद गरिएको समेत बताए ।

By Netrawati

ट्रयाक्टर पल्टिदां ३ जनाको ज्यान गयो

धादिङ, १२ जेठ/ पृथ्वीराजमार्गमा पर्ने धादिङ जिल्लाको जोगिमारा गाविसको वडा नम्बर ९ मझिमटार नजिकै ट्रयाक्टर पल्टिदां ३ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन । मझिमटारवाट जोगिमारा तर्फ जांदै गरेको ना ३ त ८२०६ नम्बरको ट्रयाक्टर सडक छेउमा पल्टिंदा ट्रयाक्टरमा रहेका पांच जना मध्ये ३ जनाको ज्यान गएको हो । शुक्रवार बेलुकी ५ वजे तिर भएको दुर्घटनामा परि ज्यान जाने हरुमा जोगिमारा गाविस वडा नम्बर ९ का ३५ बर्षिया दिलमाया चेपाङ, २५ बर्षिया प्रमिला चेपाङ र ९ महिनाका एक वालक रहेका छन । यसै गरि दुर्घटनामा परि १० बर्षिय सन्तोष चेपाङ र ट्रयाक्टर चालक २६ बर्षिय सुव्वा चेपाङ घाइते भएका छन । घाइतेहरुको गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराईएकोमा सन्तोषको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि काठमाण्डौ पठाईएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

By Netrawati